scheduleआइतवार आषाढ़ ३१ गते, २०७५

जग्गाको विषयमा विवाद चर्कंदा पिटेरै हत्या


बारा, २ चैत । बाराको प्रसौनी गाँउपालिका–१ प्रसौनीमा भाई र ज्वाईको कुटपिटबाट विहीबार एक जनाको हत्या भएको छ ।

जग्गाको विषयलाई लिएर काका छोरा–छोरीज्वाईको कुटपिटबाट स्थानीय ५५ वर्षीय गणपत राउत पटेलको मृत्यु भएको हो । लामो समयदेखि उनीहरुबीच विवाद रहेको जग्गाको विषयमा विहीबार बिहान झगडा भएको थियो। गणपतलाई काका पट्टीका छोरा प्रमोद पटेल र प्रमोदका बहिनी ज्वाँइ विनोद पटेलले कुटपिट गरेको बारा प्रहरीले जनाएको छ ।

कुटपिटबाट गम्भीर घाइते भएका गणपतको उपचारको क्रममा मृत्यु भएको हो । गम्भीर घाईते गणपत वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बाराका प्रहरी प्रवत्ता एवं प्रहरी नायव उपरीक्षक भुवनेश्वर साहले जानकारी दिए ।
कुटपिटमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले प्रमोद र विनोदलाई पक्राउ गरेको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob