scheduleआइतवार आषाढ़ ३१ गते, २०७५

नयाँ वर्ष २०७५ मा ‘बजाज युगारम्भ’ घोषणा


काठमाडौं, २ चैत । नेपालमा सबैभन्दा अधिक बिक्री हुने र अधिक विश्वास गरिएको बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड को. प्रा. लि. ले नयाँ वर्ष २०७५ को योजना– ‘बजाज युगारम्भ’ सार्वजनिक गरेको छ । ‘नयाँ नेपालको नयाँ शुभारम्भ’ नारासहित नयाँ योजना शुरु गरेको हो ।

नेपालले अब विकासको बाटो समाउने तर्खर गरिरहेकाले अब आउँदै गरेको नयाँ बर्ष नेपाली नागरिकको लागि निकै महत्वपूर्ण हुने भन्दै कम्पनीले ‘बजाज युगारम्भ’ योजना सार्वजनिक गरेको हो । यस योजनाले विकासको युग आरम्भ भएको सन्देश युवाहरुमा प्रवाह गर्नेछ । यसले देशको विकासप्रति युवाहरुलाई जागरित गराउने र अग्रसर हुन प्रेरित गर्ने छ । ‘बजाज युगारम्भ’ नयाँ कामको सुरुवात गर्दै नयाँ नेपाल निर्माणमा सहयोगी बन्न सक्ने छ ।

यो अभियानका विशेषताहरुमा ‘७५०० स्योर सट अफर’ स्कीम अन्तर्गत कुनैपनि बजाजका बाइकहरु खरिदमा हरेकले तत्काल ७५०० नगद छुट पाउनेछन् । साथै हरेक खरिद कर्तालाई हरेक दिन हुने लक्की ड्रमा समाबेस गराइने छ । जहाँ भाग्यसाली ग्राहकले ७५ हजार रुपैयाँ हरेक दिन जित्न सक्ने छन् ।

यो योजना शुभारम्भ गर्दै कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले भने, ‘नयाँ बर्षको अबसरसँगै देश निर्माण र विकासले गतिलिने हामीले विस्वास लिएका छौं । त्यसैले सबै युवाको मन र मस्तिष्कमा नयाँ युगको आरम्भ भएको संदेश पुर्‍याउन हामीले ‘बजाज युगारम्भ’ योजना सार्वजनिक गरेका हौं ।’ उनले अगाडि भने, ‘नयाँ वर्षको उपहार योजनामा नयाँ युगलाई स्वागत गर्ने उद्देश्य र नयाँ नेपाल बनाउन युवाहरुको योगदानको उतिकै महत्व छ भन्ने सन्देश दिन हामीले यो योजना सार्वजनिक गरेका हौं ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob