scheduleआइतवार बैशाख ९ गते, २०७५

सुत्केरी र वृद्धवृद्धालाई थप एक हजार भत्ता

तेह्रथुम, २ चैत । मेन्छ्यायेम गाउँपालिकाले स्वास्थ्य संस्थामै गएर प्रसूति गराउने आमालाई प्रोत्साहन तथा यातायात खर्च थप गरेको छ ।

सरकारले पहाडी क्षेत्रमा स्वास्थ्य संस्थामै गएर सुत्केरी गराउनेलाई ‘आमा सुरक्षा कार्यक्रम’ अन्तर्गत प्रोत्साहनस्वरुप  एक हजार तथा यातायात खर्चबापत  चार सय उपलब्ध गराउँदै आएको छ ।

त्यसबाहेक स्वास्थ्य संस्थामै आएर प्रसूति गराउने मोराहाङका महिलालाई थप  एक हजार तथा श्रीजुङ र पौठाकका महिलालाई थप  एक हजार ५०० यातायात खर्च गाउँपालिकाले उपलब्ध गराउने भएको हो ।

पहिलो गाउँसभाबाट मातृ तथा शिशु मृत्युदर कम गर्न तथा स्वास्थ्य संस्थाको पहुँच वृद्धि गर्न गाउँपालिकाले यस्तो नीति लिएको गाउँपालिकाका उपाध्यक्ष गीता गौतमले बताईन् । गाउँपालिकाले ८५ वर्षभन्दा माथिका वृद्धवृद्धालाई सम्मानस्वरुप वार्षिक एक हजार उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC