scheduleआइतवार बैशाख ९ गते, २०७५

मुख्यमन्त्री भट्टले भने, ‘सबैलाई रोजगारीको ग्यारेन्टी हुन्छ’

बैतडी, ३ चैत । प्रदेश नं. ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले बेरोजगार सबैलाई रोजगारको ग्यारेन्टी हुने बताएका छन् ।

आज बैतडीमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री भट्टले ७ नं प्रदेश समृद्ध बन्ने र वेरोजगार भएका सम्पूर्ण व्यक्तिलाई रोजगारी दिइने बताए ।

उनले भने, ‘सरकार गठन भएको एक महिनामात्रै भएकाले अहिलेनै सबै कुरा हुन सकेका छैनन् अबको केही वर्षभित्रै सबैले रोजगारी पाउँछन् ।”

मदिराका कारण ७ नं प्रदेशमा महिला तथा बालबालिका पीडित भएको गुनासो बढेको बताउँदै उनले मदिराको लाइसेन्स वितरण गर्दा ध्यान दिनुपर्ने बताए । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC