scheduleआइतवार बैशाख ९ गते, २०७५

पाँच वर्षपछि संसदमा प्रतिपक्षी दल खोज्नुपर्नेछ, भारतलाई पनि जित्छौं : वामदेव गौतम


काठमाडौं, ४ चैत । नेकपा एमालेका उपाध्यक्ष एवं वाम गठबन्धनका सुत्रधारमध्येका एक वामदेव गौतमले अबको पाँच वर्षपछि संसदमा प्रतिपक्षि दल र प्रतिपक्षी दलको सांसद को हुनुहुन्छ भनेर खोज्नुपर्ने अवस्था आउने ठोकुवा गरेका छन् ।

नेकपा एमाले धादिङ काठमाडौं सम्पर्क मञ्चद्वारा तीनै तहका जनप्रतिनिधिलाई सम्मान गर्न आयोजित कार्यक्रममा उनले भने, ‘पाँच वर्षमा संसदमा प्रतिपक्षी दल खोज्नुपर्नेछ । त्यतिबेला कुनै व्यवस्था वा नीति लागू गरेर भएपनि संसदमा प्रतिपक्षी दलको व्यवस्था गराउने अवस्था बन्छ ।’

उनले विकासका मुद्दालाई वर्तमान सरकारले प्राथमिकता दिने र नेपालको एक तिहाई जनसंख्यालाई रोजगारी दिलाएर यो अभियान सम्भव बनाउने तर्क प्रस्तुत गरेका छन् । यस्तै मुलुकलाई अमेरिका, चीन लगायत विकासित देशको उच्च प्रबिधियुक्त बनाउने दिशामा वर्तमान सरकार लाग्ने भन्दै उनले भने, ‘अब कवाडी सामान नेपाल आउन छोड्छ, अमेरिका र चीनको राम्रो चिज भित्रन्छ ।’

त्यस्तै उनले अबको १० वर्षपछि नेपालीहरु धनी बन्ने भन्दै थपे, ‘पाँच वर्षमा भारतलाई जित्ने र १५ वर्षमा चीनलाई जित्नेछौं, सपना देख्नुपर्छ, काम गछौं गछौं । अब नेपालमा बाँच्न र मर्न  पनि गौरव गर्नुपर्नेछ । म त्यो विश्वास दिलाउन चाहन्छु ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC