scheduleआइतवार बैशाख ९ गते, २०७५

इन्डोनेसियाली प्रेमिकाको हत्यापछि एक नेपाली मलेसियाबाट फरार


क्वालालम्पुर, ४ चैत । मलेसियामा कार्यरत एक नेपाली इन्डोनेसियन महिलाको हत्या गरी फरार भएका छन् ।

मलेसियाको पेनाङमा कार्यरत २७ वर्षीय सदिप गुरुङ प्रेमिकाको हत्या गरी दराजमा शव लुकाएर फरार भएका हुन् । पेनाङ राज्यका सहायक प्रहरी प्रमुख अनवर उमरका अनुसार सदिपको नेपालको ठेगाना भने खुलेको छैन ।

सदिप र ती महिलाबीच प्रेम सम्बन्ध रहेको प्रहरीले जनाएको छ । हत्याको कारण खुल्न सकेको छैन । प्रहरीका अनुसार हत्या हुनुभन्दा दुई दिन अघिदेखि नै सदिप बिदा लिएर बसेका थिए ।

गुरुङको खोजी कार्य जारी रहेको मलेसियन प्रहरीले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC