scheduleआइतवार बैशाख ९ गते, २०७५

नौ अंकले घट्यो नेप्से


काठमाडौं, ४ चैत । साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्से ९.४० अंकले घटेर १२७८.९६ अंकमा झरेको छ । यसदिन क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.९१ अंकले घटेको छ ।

बजारमा सबै समूहको परिसूचकमा गिरावट आएको छ । सबैभन्दा धेरै होटल्स समूहको परिसूचक करिब ७१ अंकले घटेको छ ।

आइतबार बजारमा १५२ कम्पनीको ८ लाख ३३ हजार ९ सय ८६ कित्ता सेयर ३ हजार ८ सय ५ पटक खरिदबिक्री हुँदा ३० करोड ४ लाख रुपैंया बराबरको कारोबार भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC