scheduleआइतवार बैशाख ९ गते, २०७५

रकम हिनामिना गरेको आरोपमा नागरिक लगानी कोषका सहायक प्रवन्धक पक्राउ

काठमाडौं, ४ चैत । तत्कालि एपेक्स विकास बैंकका संचालक तथा नागरिक लगानी कोषका सहायक प्रबन्धन छविरमण अधिकारीलाई पक्राउ परेका छन् ।

एपेक्स घोटाला अनुसन्धानका क्रममा बेलायती बोर्डबाट चार्टड अकाउन्टेट रहेका अधिकारी पनि पक्राउ परेका हुन् । अधिकारीसँगै एपेक्स घोटालाकाण्डमा १४ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको हो ।

डेढ अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोपमा नेपाली कांग्रेसका युवा नेता विष्णुप्रसाद धिताल र सिनर्जी फाइनान्सका कार्यकारी अधिकृत विनितमणी उपाध्याय तथा नागरिक लगानी कोषका सहायक प्रवन्धक अधिकारीसहित १४ जनालाई पक्राउ गरेको हो ।

ब्युरोले एनसीसीमा गाभिनु अघि एपेक्समा भएको १ अर्ब ५० करोडभन्दा बढीको अनुसन्धानको सिलसिलामा शुक्रबार छापा मारेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC