scheduleआइतवार बैशाख ९ गते, २०७५

कर्मचारीलाई प्रधानमन्त्रीको कडा निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सचिवहरुलाई काम गर्ने तरिका बदल्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज मन्त्रिपरिषद्का सबै सदस्यलाई काम गर्ने तरिका बदल्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीले भने, ‘सामान्य दैनिक प्रशासन चलाए जस्तो गरी मात्रै काम गर्ने प्रवृत्ति अब छोड्नु पर्छ, त्यसरी सरकार चल्न सक्दैन, अब विशेष भूमिकाका साथ जनताको सेवामा लाग्नु प¥यो ।’

प्रधानमन्त्री ओलीले सरकारको काम कारबाहीमा गति देखिनुपर्ने भन्दै समृद्ध नेपाल र सुखी नेपालीको सपना देखिनु पर्ने बताए ।

प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनको महत्वपूर्ण कार्यभारका रुपमा रहेको ऐतिहासिक प्रतिनिधिसभाको निर्वाचनपछि गठन भएको वर्तमान सरकारको दायित्वसमेत असाधारण र ऐतिहासिक रहेकामा मन्त्रिमण्डलका सदस्य र सरकारका सचिवलाई निर्देशन गराएका छन् ।

प्रधानमन्त्रीले सन् २०३० सम्म नेपालले दिगो विकास लक्ष्य पूरा गर्नुपर्ने भएकाले सोहीअनुसार अगाडि बढ्नसमेत निर्देशन दिएका छन् । संविधानले उल्लेख गरेको मौलिक हकमा समावेश गरिएका सबै विषयलाई कार्यान्वयन गर्न पनि सबैको साझा प्रयासको जरुरी रहेको प्रधानमन्त्रीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार ऐतिहासिक अभिभारा पूरा गर्न आएको भन्दै कामचलाउ ढंगले चल्ने र चलाउन खोज्ने प्रवृत्तिसमेत आफूलाई स्वीकार्य नभएको उल्लेख गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC