scheduleआइतवार बैशाख ९ गते, २०७५

एकै दिन ४ बालक बेपत्ता

सर्लाही,५ चैत । सर्लाहीको हरिवनबाट एकै दिन ४ जना बालक हराएका छन् । हरिवन नगरपालिका ११ स्थित बजारको होटल लाईनका ४ जना बालक शनिवार दिउँसोबाट एक्कासी हराएका उनीहरुका अभिभावकहरुले बताएका छन् । हराउने बालकहरुमा संगीता गौतमकी ११ वर्षे छोरा सुमित गौतम, मालती लामाकी १३ वर्षे छोरा करुण लामा, पेमामाया लामाकी ११ वर्षिय छोरा संसार गोले र अर्का एक वालक १४ वर्पे कुमार मगर रहेका छन् ।

‘स्कुलबाट आए पछि उनीहरु नगरपालिका अगाडी सधैं सँगै खेल्थे, हामी होटलमा व्यस्त हुन्छौ ।’ सुमितको आमा संगीताले भनिन् । ‘कहिल्यै हामीलाई नसोधी कतै जाँदैनथे तर यो पटक त हामीलाई केही नभनी कता गए कता’ उनीहरु बेलुका सम्म पनि घर नआए पछि आफन्त र छरछिमेकीलाई सोध्दा आफ्नो पनि छोरा घर नआएको बताएको उनले बताईन् ।

‘हामी चारै जनाले बालकको खोजी गरि दिन प्रहरीमा निवेदन दिएका छौं ।’ अर्का बालक करुण लामाको आमा मातली लामाले भनिन् । उता ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक रामकाजी थापाले बालकहरुको खोजीका लागि सवै प्रहरी यूनिटहरुमा खवर गरि सकिएको जानकारी दिए ।

छिमेकी जिल्ला रौतहटमा महोत्सव लागि रहेकोले महोत्सवमा गएको हुन सक्ने भन्दै प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । बालक हराए पछि तिनका अभिभावक भने चिन्तामा परेका छन् । उनीहरुले खोजी गरि दिन सवैलाई अपिल समेत गरेका छन् ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC