scheduleआइतवार आषाढ़ ३१ गते, २०७५

खटाएको ठाउँमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने मन्त्री पण्डितको चेतावनी

फाइल फोटो

काठमाडाैं, ५ चैत । कर्मचारीलाइ विशेष सुविधासहितको अवकाश योजना ल्याएर घर पठाउने अघिल्लो सरकारको निर्णय बर्तमान सरकारले उल्टयाउने भएको छ ।

देश संघीयतामा गएको बेला कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले विशेष सुविधासहितको अवकाश योजना ल्याएर घर पठाउने गलत निर्णय गरेकाले उल्ट्याउन खोजेको जनाएको छ ।

जागिर शुरु गर्दाको शर्तअनुसार सरकारले खटाएको ठाउँमा जनताको सेवा गर्न कर्मचारी अनिवार्य रुपमा जानुपर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले  बताए ।

मन्त्री पण्डितले आज सोमबारबाट अवकास दिएका कर्मचारीका विषयमा अध्ययन गर्ने जानकारी दिए । खटाएको ठाउँमा नपुग्ने कुनैपनि कर्मचारी सेवामा नरहने पनि मन्त्री पण्डितले चेतावनी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob