scheduleआइतवार बैशाख ९ गते, २०७५

घट्यो सुनचाँदीको मूल्य


काठमाडौं, ५ चैत । सोमबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । सुनको मूल्य तोलामा १ सय रुपैंयाले घटेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैंयाले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो आईतबार ५७ हजार ३ सय रुपैंया प्रतितोलामा किनबेच भएको छापावाला सुन आज प्रतितोला ५७ हजार २ सय रुपैंयामा किनबेच भईरहेको छ ।

यस्तै तेजावी सुन प्रतितोला ५६ हजार ९ सय रुपैंयामा किनबेच भईरहेको छ । चाँदी भने प्रतितोला ७ सय ३५ रुपैंया प्रतितोलामा किनबेच भईरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC