scheduleआइतवार आषाढ़ ३१ गते, २०७५

युएस बंगला विमान दुर्घटनाः शव लिन सेनाको विशेष विमान काठमाडौं आउँदै

फाइल फाेटाे

काठमाडौं, ५ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत सोमबार भएको युएस बंगला विमान दुर्घटनामा ज्यान गुमाएका बंगलादेशी नागरिकको शव लिन आज बंगलादेशको सेनाको विशेष विमान काठमाडौं आउँदैछ। बंगलादेशको ढाका संवाद समितिले जनाएअनुसार दिउँसो साढे १ बजे विमान आइपुग्ने र चार बजेसम्ममा शव बंगलादेश पुग्ने जनाएको छ।

मृतक २६ मध्ये तीन बंगलादेशी नागरिकको शव सनाखत हुन नसकेको त्रिवि शिक्षण अस्पताले जनाएको छ ।

दुर्घटनाका घाइतेमध्ये दुई जना सिंगापुर लगिएको छ भने पाँच जना बंगलादेश फिर्ता भइसकेका छन्। नेपालमा उपचाररत दुईमध्ये एकलाई भारतको नयाँ दिल्ली पठाउने तयारी भईरहेको छ ।

ढाका संवाद समितिका अनुसार शव लिन सेनाको कार्गो विमानसँगै युएस बंगला एयरलाइन्सको विमान पनि काठमाडौं आउने बताइएको छ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob