scheduleआइतवार बैशाख ९ गते, २०७५

सात वर्षिया बालिका बलात्कार गर्ने पक्राउ

नवलपरासी, ५ चैत । नवलपरासीको बर्दघाट नगरपालिकामा सात वर्षीया बालिका बलात्कार गरी फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दघाट –१६ बस्ने ४७ वर्षका कमल चौधरीलाई रहेका छन् ।

गत शनिवार दिउँसो बर्दघाटस्थित मुरलीटार जंगलमा बयर खान गएका दुईजना बालिकालाई ललाई फकाई चौधरीले बलात्कार गरी फरार रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

अभियुक्त चौधरीलाई बर्दघाटस्थित मुरलीटार जंगलमा लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका चौधरीलाई जबरजस्ती करणीको मुद्धा दायर गरी थप अनुसन्धानका गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC