scheduleशनिवार जेष्ठ १२ गते, २०७५

चैत अन्तिममा बजेट सार्वजनिक

विराटनगर, २२ चैत । प्रदेश नं १ को सरकारले यही चैत २९ मा चालु आर्थिक वर्ष ०७४÷७५ को बाँकी अवधिका लागि बजेट ल्याउने भएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङवोले बजेट तीन महिनाको हुने भन्दै छोटो समयका लागि ल्याउन लागेको बजेट अनुदानमा आधारित हुने जानकारी दिएका छन् ।

मन्त्री आङवोले विकास निर्माणमा बजेट खर्च गर्ने समय नभएकाले सानो आकारको बजेट ल्याउन लागिएको बताए ।

बजेट ल्याउन आर्थिक कार्यविधि विधयेक प्रदेश प्रमुखबाट आज जारी भएपछि बजेट निर्माणको कानुनी बाटो खुलेको हो ।

मन्त्री आङवोले उक्त बजेट विकास निर्माणका अध्ययन, नदी, बाढी र पहिरो नियन्त्रणका लागि केन्द्रित हुने जानकारी दिए । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC