scheduleआइतवार आषाढ़ ३१ गते, २०७५

सचिवपछि आईजिपीमा ओलीको ‘सरप्राइज’

काठमाडौं, २७ चैत । भारत भ्रमण जानुअघि ३० जना सचिवको सरुवा भयो सरुवाको निर्णय गरेर प्रधानमन्त्री दिल्लीसम्म पुग्दासम्म सरुवा भएका सचिवहरुले मात्र होइन मन्त्रीहरुले समेत कसको कहाँ सरुवा भयो भन्ने थाहा पाएका थिएनन् ।

बजारमा खसी बोका छानेजतो गरि मन्त्रीहरुले सचिव छान्ने र आफ्नो स्वार्थ पुरा गर्ने परिपाटीलाई अन्त्य गर्न प्रधानमन्त्री ओलीले यस्तो सुरुवात गरेका हुन् । बालुवाटार स्रोतका अनुसार, प्रधानमन्त्रीले सम्बन्धित क्षेत्रको विज्ञताको आधारमा सचिवहरुको सरुवा गरेका हुन् । जसलाई उच्च अधिकारीहरुले सकारात्मह भनेका छन् । किनकी मन्त्रीहरुले आफूनिकट सभिवलाई सरुवा गरेर मन्त्रालयमा सेटिङ चलाउने प्रवृत्तिको अब अन्त्य भएको छ ।

सचिव सरुवामा जस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको आईजिपी नियुक्तिमा पनि प्रधानमन्त्री ओलीले ‘सरप्राइज’ दिने सम्भावना छ । दुवै संगठनमा आईजिपी नियुक्तिका लागि २ दिन मात्र बाँकी रहदा पनि को आईजिपी हुन्छ भन्ने अन्योलता रहेको छ । गृहमन्त्री राम बहादुर थापा स्वयंलाई पनि को आईजिपी हुन्छ पत्तो छैन । यसमा प्रधानमन्त्री ओलीले कसैलाई पनि चलखेल गर्न दिएका छैनन् ।

२८ गते बेलुका नेपाल प्रहरीका आईजिपी प्रकाश अर्याल तथा सशस्त्र प्रहरीका आईजिपी सिंहबहादुर श्रेष्ठले अवकाश पाउँदैछन् । अर्यालसँगै नेपाल प्रहरीका प्रशसनतर्फका सबै एआईजीहरुले अवकाश पाउने भएकाले डिआईजीबाट आईजिपी बढुवा गर्नुपर्ने अवस्था छ । जसमा सर्वेन्द्र खनाल, रमेश खेरेल र पुष्कर कार्की फ्रन्टलाईनमा छन् । उनीहरुमध्ये नै एक आईजिपी हुने निश्चित छ । दृष्टि साप्ताहिकमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob