scheduleआइतवार बैशाख ९ गते, २०७५

रमेश खरेलको राजीनामा दिएकै दिन स्वीकृत


काठमाडौं, २८ चैत । प्रहरी महानिरीक्षक (आईजीपी) का दाबेदार रहेका प्रहरी नायब महानिरीक्षक (डिआईजी) रमेश खरेलले दिएको राजीनामा दिएकै दिन स्वीकृत भएको छ ।

खरेलले आफू अपमानित भएर काम नगर्ने बताउँदै बुधबार दिएको राजिनामा राजीनामा गृह मन्त्रालयले स्वीकृत गरेको हो ।

गृहसचिव प्रेमकुमार राईले उनको राजीनामा स्वीकृत गरेका छन् ।

सरकारले मंगलबार सर्वेन्द्र खनाललाई आइजिपी बनाएपछि डिआइजी खरेलले राजीनामा दिएका हुन् । सरकारले आफूलाई उचित मूल्याङ्कन गर्न नसकेको र हिनाताबोधका साथ जागिर खान नसक्ने भएकाले राजीनामा दिएको उनले बताएका छन्।

खरेल २०४५ सालमा सिपाहीबाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC