scheduleआइतवार आषाढ़ ३१ गते, २०७५

बलात्कारीविरुद्ध बर्बर कानुन, कुन देशमा कस्तो सजायँ ?

एजेन्सी, ३० चैत । नेपालमा बलात्कारीहरुका लागि कडा सजायको अभाव र दण्डहिनता मौलाएको गुनासो सुनिरहँदा केहीथरीले बलात्कारीलाई फाँसीको सजायको पनि माग गरिरहेका छन् । भारतमा केही वर्ष अघि भएको निर्भया बलात्कार काण्डपछि बलात्कार अपराधको हकमा कडा कानुनी प्रावधान अपनाइएको छ ।

विश्वका धेरै देशहरुमा त्यस्ता विभिन्न कानुनी प्रावधान छ जसले बलात्कारीहरुलाई हदैसम्मको सजाय दिएर बलात्कारीको सम्पूर्ण जीवन नै नर्कमय बनाउँछ ।

इरानमा ठूल्ठुला अपराध गर्नेलाई मृत्युको सजाय दिएको सुनिएकै छ तर, त्यहाँ महिलालाई जिस्काउने, पिछा गर्ने तथा शोषण गर्नेहरुलाई पनि मृत्युदण्ड दिइन्छ ।

साउदी अरबमा बलात्कारको आरोप लागेका मानिसहरुलाई सार्वजनिक स्थलमा पिटिन्छ र नमरेसम्म ढुङ्गा प्रहार गरेर दर्दनाक मृत्यु दिइन्छ ।

ग्रीसमा बलात्कारको परिभाषा वृहत छ । त्यहाँ शारीरिक शोषण, यौन उत्पीडन, जबरजस्ती शारीरिक सम्बन्ध, क्षमताभन्दा अधिक शारीरिक सम्बन्धलाई बलात्कार मानिन्छ । त्यस्ता दोषीलाई त्यहाँ जेलभित्र बन्द गरेर डोरीले बाँधेर यातना दिइन्छ ।

नेदरल्याण्डमा १८ वर्षभन्दा कम उमेरका किशोरीलाई वेश्यावृतिमा लगाउनु पनि यौन शोषण मानिन्छ । त्यहाँ चार देखि १५ वर्षसम्मको जेल सजाय दिइन्छ । त्यस देशमा बिना सहमतिको ‘लिप लक’ लाई पनि बलात्कार मानिन्छ ।

चीनमा पनि बलात्कारीलाई मृत्युदण्ड दिइने कानुनी प्रावधान छ ।

युएइमा बलात्कार मामिलामा छिटो सजाय दिने प्रावधान छ । त्यहाँ बलात्कारमा दोषी पाइएपछि सात दिनभित्र मृत्युदण्ड दिइन्छ ।

मिश्रमा बलात्कारीलाई मृत्युको सजाय दिइन्छ ।

इस्लामिक कानुन मानिने अफगानिस्तानमा बलात्कारीलाई सिधा मृत्युदण्ड दिइन्छ । त्यहाँ चारदिन भित्रै दोषीलाई टाउकोमा गोली प्रहार गरेर मारिन्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob