scheduleआइतवार बैशाख ९ गते, २०७५

बजेट पारदर्शी र प्रभावकारी हुनुपर्छः पोखरेल

बुटवल, २ बैशाख । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभामा प्रस्तुत बजेट पारदर्शी र प्रभावकारी हुनुपर्नेमा जोड दिएका छन् ।

अस्थायी मुकाम बुटवलमा आज बसेको प्रदेश सभा बैठकमा बोल्दै मन्त्री पोखरेलले अनुदान कोषको रकम दुरुपयोग हुने गरेको बिगतको परिपाटीलाई मध्यनजर गर्दै उत्पादनमा आधारित अनुदान दिने नीति लिइएको बताए । उनले बजेटबारे पारदर्शिता र सुशासन कायम गर्ने कुरामा प्रदेश सरकार सजग रहेको प्रस्ट पारे ।

अहिले सार्वजनिक गरिएको बजेटले प्रदेशको समृद्धिको आधार तयार गर्ने भन्दै उनले आगामी बर्षको बजेटको आधार तयार गर्ने कार्यलाई प्राथमिकतामा राखिएको बताए ।

सामूहिक प्रयास बिना प्रदेशको समृद्धि सम्भव नभएको भन्दै सबै मिलेर अघि बढ्न अपिल गरे । सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेटलाई प्रभावकारी बनाउन केही कार्यक्रम हेरफेर गर्न प्रदेश सभा सदस्यले सुझावसमेत दिएका थिए । बोल्ने सांसदले बजेटलाई जनस्तरसम्म पुर्‍याउन सबै क्षेत्र र भूगोललाई समेट्न सुझाव दिएका हुन् ।

सांसदले उठाएका प्रश्नको जवाफ दिंदै अर्थमन्त्रीको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री पोखरेलले तल्लो तहसम्म संरचना नभएकाले बजेट जनस्तरसम्म नपुगेको बताएका छन् । उनले तल्लो तहसम्म प्रदेश संरचना नभएकै कारण सञ्चित कोषमा रकम राखेर आगामी वर्ष खर्च गर्ने लक्ष्य राखेको जानकारी दिए । शुक्रबार प्रदेश ५ सरकारले एक अर्ब २ करोड ५ लाख बराबरको बजेट प्रदेश सभामा पेश गरेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC