scheduleआइतवार बैशाख ९ गते, २०७५

इन्डियन प्रिमियर लिग: चेन्नेई सुपर किङस पराजित

एजेन्सी, ३ वैशाख । गएराति भएको इन्डियन प्रिमियर लिगमा चेन्नेई सुपर किङस पराजित भएको छ । किङ्स इलावेन पञ्जावसँग ४ रनले पराजित भएको चेन्नइको यो पहिलो हार हो ।

पञ्जावले २० ओभरमा ७ विकेट गुमाउदै एक सय ९७ रन बनाएको थियो ।

पञ्जावका लागि बिस्फोटक व्याटिङ गरेका क्रिस गेलले विस्फोटक ६३ रन जोडे भने लोकेश राहुलले ३७ रनको योगदान गरे ।

मायाङक अग्रवालले पनि ३० रन जोडे । करुन नायरले २९ रन थपे ।

बलिङ तर्फ सरदुर ठाकुर र इमरान ताहिरले दुई दुई विकेट लिए ।

चेन्नेईले भने २० ओभरमा ५ विकेट गुमाउदा एक सय ९३ रनमा सिमित भयो । कप्तान महेन्द्रसिंह धोनीले अविजीत ७९ रन बनाएपनि खेल जिताउन भने सकेनन् ।

अम्बाती राइडुले ४९ तथा रविन्द्र जडेजाले १९ रन बनाए । अरु खेलाडी भने खासै जम्न सकेनन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC