रेखाको नुखलेको त्यो रहस्य
एजेन्सी, ३ वैशाख । आफ्नो रूप र अभिनयका कारण सदाबहार नायिकाको छबि बनाएकी रेखालाई धेरैले अविवाहित नै भएको ठान्छन् । कहिले अमिताभ बच्चन त कहिले मिथुन चक्रवर्ती त कहिले अक्षय कुमारसँग रेखाको सम्बन्ध जोडिँदै आउने गरेको छ ।
रेखाले ३५ वर्षको उमेरमा दिल्लीका व्यापारी मुकेश अग्रवालसँग सन् १९९० मार्च ४ मा बिहे गरेकी थिइन् ।
मुम्बईकै एक मन्दिरमा राति साढे १० बजे मुकेश र रेखाले गान्धर्व बिहे गरेकी थिइन् । तर, बिहे गरेको तीन महिनादेखि नै रेखा र मुकेशबीच सम्बन्ध बिग्रन थाल्यो । त्यसको सात महिनापछि सन् १९९१ मा मुकेशले आफ्नै घरमा सलको पासो लगाएर आत्महत्या गरेका थिए । सो सल रेखाकै भएको बताइन्छ ।
रेखाले मुकेशसँग बिहे गरेपछि नायिका हेमा मालिनी निकै रिसाएकी थिइन् । आफूलाई भेट्न आएका मुकेश र रेखालाई हेमाले ‘अबदेखि यो व्यक्तिसँग मेरो बिहे भएको थियो भनेर कहीँकतै नभन्नू’ भन्ने हेमाले सल्लाह दिएकी थिइन् ।
जवाफमा रेखाले ‘हो मैले यहीसँग बिहे गरेकी हुँ’ भनेकी थिइन् । त्यसपछि पुनः हेमा मालिनीले ‘धनी देखेर तिमीले यस्तो मानिससँग बिहे गरेको हो रु’ भनेर सोध्दा रेखा नाजवाफ भएकी थिइन् ।