scheduleआइतवार बैशाख ९ गते, २०७५

वैशाख २० मा यातायात व्यवसायीकै चक्काजाम, २६ गतेदेखि अनिश्चितकालिन बन्द गर्ने चेतावनी

काठमाडौं, ३ वैशाख । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवार्इमा वैशाख २० गते देशव्यापी चक्काजाम हुने भएको छ । सरकारले सिन्डिकेट खारेज गरेपछि त्यसको विरोधमा यातायात व्यवसायीले सरकारले सुनुवार्इ नगरे वैशाख २६ गतेदेखि अनिश्चितकालिन बन्दको घोषणा गर्ने चेतावनी पनि दिन लागेका छन्।

सरकारले ल्याएको यातायात व्यवस्थापन कार्यविधि निर्देशिकाको खारेजीको माग गर्दै व्यवसायीले वैशाख २० गते सबै भाडाका गाडी नचलाउने निर्णय गरेको एक व्यवसायीले बताए । २६ गतेबाट अनिश्चितकालिन बन्दका साथै पेट्रोलियम ढुवानीसमेत बन्द गरिने निर्णय भएको उनले बताए ।

यता यातायात व्यवस्था विभागले सार्वजनिक यातायात बन्द गर्न नपाइृने भन्दै अत्यावश्यक सेवा बन्द गर्ने व्यवसायीलार्इ कारवाही गर्ने बताएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC