scheduleआइतवार बैशाख ९ गते, २०७५

एउटा यस्तो गाउँ जहाँ हिंड्दा हिंड्दै निदाउँछन् मान्छे !

एजेन्सी, ३ बैशाख । हिँड्दा हिड्दै कोही निदाउँछ भने त्यो असामान्य र कुनै रोगबाट ग्रसित भएको छ भन्ने हामी अनुमान लगाउछौं । तर कुनै बस्तीको सम्पूर्ण जनसमुदाय नै त्यसरी निदाउँछ भने त्यो कुनै दन्तेकथा जस्तै मानिसकहरुका लागि अविश्वास र अपाच्य विषय बन्न सक्छ । तर यो एउटा गाउँको यथार्थ हालात हो जहाँ मान्छे हिंड्दा हिंड्दै निदाउँछन्, अफिसमा, खेल मैदानमा जहाँकहीँ मानिसहरुलाई निद्रा आउँछ ।

कजाकिस्तानको एउटा सानो गाउँ कलाचीका मानिसहरु बितेका केही वर्षदेखि यस प्रकारको समस्या भोग्दै आइरहेका छन् । त्यस गाउँमा मानिसहरु हिंडिरहेको अवस्थामा निदाउँछन् । निद्रा आउनु नै समस्याको मूल कारण हैन । कलाचीका बासिन्दाहरुका लागि त्यो निद्रा अव्यवस्थित छ । त्यहाँ निदाएपछि उठ्ने समयको टुङ्गो हुँदैन । मिडियाहरुकाअनुसार त्यहाँ मानिसहरु सुतेपछि हप्तौंसम्म उठ्दैनन् । त्यो दृश्य देख्नलाई ती निदाएकाहरु मरिसकेको आभाष हुन्छ तर उनीहरु पुनः एकदिन अचानक उठ्छन् ।

कलाची गाउँमा मानिसहरुमा यस्तो समस्या देखेर वैज्ञानिकहरु पनि चकित छन् । यसरी कुठाँउ, कुसमय निद्रा आउनुपछिको कारणमा वैज्ञानिकहरुले लामो-छोटो शोध पनि भएका छन् । ८१० जनाको आवादी भएको त्यस गाउँमा करिब दुईसय मानिसहरुमा यस्तो समस्या देखिएको छ । साथै त्यस प्रकारको चिर निद्राकोक्रममा केही मानिसहरुको मृत्यु पनि भएको बताइएको छ ।

वैज्ञानिक परीक्षणमा त्यस क्षेत्रमा कार्बन मोनो अक्साइड र हाइड्रो कार्बनको स्तर सामान्यभन्दा धेरै भएको पाइएको छ, जसकारण मानिसहरुलाई पर्याप्त अक्सिजनको कमि हुँदा रहस्यमयी निद्राको शिकार बनिरहेका छन् । तर वैज्ञानिक परीक्षणपछि आएको यस्तो निस्कर्षमा पनि प्रश्नहरु उठिरहेका छन् । गाउँमा यदि अक्सिजनकै कमि भएको हो भने किन केही हिस्सा मानिसहरुमा मात्र त्यस्तो समस्या देखियो त ! तर यो प्रश्नले बिगत आठ वर्षदेखि कजाकिस्तानको त्यस गाउँ अनउत्तरीत छ ।

वैज्ञानिकलाई समेत सोचमग्न बनाएको त्यस्तो रहस्यको हल नपाएपछि अहिले सरकारले त्यस गाउँबाट मानिसहरुलाई सारेर अन्यत्रै प्रवन्ध मिलाइदिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC