scheduleआइतवार बैशाख ९ गते, २०७५

‘कोक खाम् रसिया जाम्’ योजनाको छैठौं हप्ताका विजेता घोषणा

काठमाडौं, ३ वैशाख । कोकाकोला नेपालले ‘कोक खाम् रसिया जाम्’ अभियान अन्तर्गत छैठौं हप्ताका विजेता घोषणा गरेको छ । यस हप्ता कम्पनीले ६ जना भाग्यशालीको नाम घोषणा गरेको छ । हाल सम्म २७ जना भाग्यमानी विजेता घोषणा भइसकेका छन् । यस योजना अन्तर्गत ४० भाग्यमानी विजेताले रसिया पुगेर सम्पूर्ण खर्चसहित रसियामा हुने विश्वकप २०१८ प्रत्यक्ष हेर्ने मौका पाउनेछन् ।

त्यसको लागी हरेक हप्ता भाग्यमानी विजेताको नाम लक्की ड्रमार्फत छनोट हुँदै आईरहेको छ भने, २ जना भाग्यमानी ग्राहकले २४ इन्चको टेलिभिजन जित्दै आएका छन् ।

त्यस्तै हरेक दिन २०० जनाले फिफा र कोकको लोगो अंकित विशेष उपहार जस्तै स्पिकर, हेडफोन, पेन ड्राइभ जित्दै आएका छन् । यस हप्ता ६ भाग्यशाली विजेता रसियामा हुने विश्वकप हेर्न जान छनोट भएका छन् । जसमा गौरव बिजुक्छे चुनदेवीबाट, रविन्द्र शाक्य असनबाट, चेत नारायण श्रेष्ठ धरानबाट, जनक बस्नेत उर्लावारीबाट, मिठु भण्डारी भरतपुरबाट र सुजन केसी सितापाइलाबाट रहेका छन् । यस हप्ताको २४ इन्चको टेलिभिजन विजेतामा हेटौडाका सुजन स्यानताङ रहेका छन् ।

रसिया जाने भग्यमानी विजेता मध्येका एक रबिन्द्र शाक्य भन्छन् ‘म साँचै लक्की रहेछु । तीनबर्ष अगाडी यस्तै क्याम्पेनमा विजेता बनेर म सिंगापुर गएको थिए । त्यसको केही समयपछि मैले लक्की ड्रमार्फत कार उपहार जितेको थिए । अहिले रसियाजाने लक्की मध्ये म पनि एक भएको छु, जहाँ ऐतिहासिक खेलको साक्षी बन्ने छु । म कोकाकोलालाई विषेश धन्यवाद दिन चाहन्छु र भबिष्यमा पनि यस्तै योजना ल्याउन आग्रह गर्दछु ।’

अर्का विजेता सुजन केसी भन्छन्,‘मैले कहिल्यै सोचेको थिइन, आज म पृथ्बीको सबै भन्दा भाग्यमानी महशुस गर्दैछु । अब म मेरो परिक्षा पुरा गरेर पासपोर्ट बनाउने तयारीमा छु । म यो सुनौलो मौका गुमाउन चाहन्न । यो फरक क्याम्पेनको लागी कोकाकोलालाई विषेश धन्यवाद दिन चाहन्छु ।’

कम्पनीले यो मौका हात पार्न सबैलाई यस अभियानमा सहभागी हुन पनि आग्रह गरेको छ । अझै १३ जना भाग्यशाली विजेताले रसियाजाने अवसर पाउने भन्दै कम्पनीले अझै थुप्रै टेलिभिजन र कोक तथा फिफा लोगो अंकित विषेश उपहारहरु जित्न सक्ने बताएको छ । यसमा सहभागी हुनका लागि उपभोक्ताले १० अंकको युनिककोड जुन लेबलको पछाडि राखिएको हुन्छ, त्यसलाई ऋयपभ?क्उबअभश्रयुनिककोड लेखि ३७७२२ मा एसएमएस गर्नु पर्नेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC