scheduleआइतवार बैशाख ९ गते, २०७५

ओली-प्रचण्ड भेटवार्ता


काठमाडौ‌ं, ३ वैशाख । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकता प्रक्रिया अघि बढाउने विषयमा आज भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओली छिमेकी भारतबाट फर्केलगत्तै गत चैत २७ मा बस्ने भनिएको तर हालसम्म नबसेको पार्टी एकता संयोजन समितिको बैठक चाँडै डाक्ने विषयमा उनीहरुबीच छलफल भएको हो ।

दुई पार्टीको कार्यदलले यही वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसमा दिन एकता गर्न दिएको सुझावलाई यसअघिको एकता संयोजन समितिको बैठकले सकारात्मक रुपमा लिएको थियो । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC