scheduleआइतवार बैशाख ९ गते, २०७५

इन्धन बोक्ने ट्याङकरमा एक सय ६० केजी गाँजा, दुई जना पक्राउ

काठमाडौं, ३ बैशाख । इन्धन बोक्ने ट्याङकरमा गाँजा राखी नेपालबाट भारत तस्करी गर्न लागिएको अवस्थामा प्रहरीले ट्यांकर पक्राउ गरेको छ । एक सय ६० केजी गाँजासहित दुई जनालाई समेत पक्राउ गरेको लागू औषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाडौंको प्रहरीले जनाएको छ ।

चन्द्रागिरी नगरपालिका–२ झ्याप्ले खोलास्थित सडक किनाराबाट ना ४ ख ५३६८ नम्बरको इन्धन बोक्ने ट्यांकरमा लुकाई राखेको १ सय ६० किलो कम्प्रेस्ड गरिएको अवैध लागू औषध गाँजा प्रहरीले बरामद गरेको हो ।

ट्यांकरको क्याविनमा ७ वटा प्लाष्टिकका बोराभित्र प्लाष्टिकमा प्याक गरी डोरीले बाँधिएको १७ पोकामा रहेको उक्त परिमाणको गाँजासहित ट्यांकर बराम गरिएको हो ।

प्रहरीले पक्राउ गरेकाहरुमा ट्यांकरका चालक मकवानपुर थाहा नगरपालिका–११ का २२ वर्षीय सोमबहादुर थोकर र मकवानपुर कैलाश गाउँपालिका–२ का ३६ वर्षीय इमानसिंह स्याङवो रहेका छन् । उनीहरु लामो समयदेखि लागु औषध ओसारपोसारमा संलग्न रहेको खुलेको छ । बरामद गाँजा सर्लाहीको मलंगवा हुँदै भारततर्फ निकासी गर्न लागेको बुझिएको छ । गाँजाका मालिकहरु भने फरार रहेको र उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC