scheduleआइतवार बैशाख ९ गते, २०७५

युवतीको हत्यारा पक्राउ

काठमाडौँ, ३ बैशाख । काठमाडौं धापासी बस्ने पर्सा ठोरी गाउँपालिका–४ का ३० बर्षीय बिजय तामाङलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई युवती हत्याको अभियोगमा पक्राउ गरिएको हो ।

टोखा नगरपालिका–७ घापासी हाईटमा आइतबार राती एक युवतीलाई ढुंगाले हानेर हत्या गरेका थिए । मृतक गोरखा घर भएकी ३३ बर्षीया पूर्णिमा विक रहेकी छिन् । उनको टाउकोमा गहिरो चोट लागेको छ । उनको घटनास्थलमै मृत्यु भएको अवस्थामा फेला परेकी हुन् ।

घटनापश्चात तामाङलाई टोखा नगरपालिका–६ धापासीस्थित कृष्ण मन्दिर नजिकबाट उनकै डेराबाट पक्राउ गरिएको हो । दुवै जना घरबनाउने मजदुरी काम गर्दै आएका थिए । आफूहरुबीच विवाद भएको र आफूले आवेशमा ढुंगाले हानेको प्रहरी समक्ष तामाङले स्वीकार गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC