scheduleआइतवार बैशाख ९ गते, २०७५

एमाले प्रमुख सचेतक दुर्घटनामा परे

प्रतिकात्मक तस्बिर

काठमाडौं, ३ वैशाख । नेकपा एमाले कञ्चनपुर अध्यक्ष एवं प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक तारालामा तामाङ दुर्घटनामा परेका छन् ।

सामेबार सोमबार प्रदेशसभा बैठक सकेर पैदल यात्रा गरिरहेका बेला धनगढी उपमहानगरपालिका वडा न १ को मुख्यबजार सिंचाई कार्यालय अगाडि
तामाङलाई से ४ प ५०९१ नम्बरको माटरसाइकलले ठक्कर दिएको थियो । ठक्करबाट गम्भिर घाइते भएका तामाङलाई उपचारका लागि काठमाडौं ल्याइदैछ । उनको वाँया खुट्टा भाँचिएको आशंका गरिएको छ ।

सचेतक तामाङ कञ्चनपुर जिल्ला क्षेत्र नम्बर १ बाट प्रदेश सभामा निर्वाचित साँसद तथा नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटी अध्यक्ष हुन् ।

ठक्कर दिने मोटरसाइकल र चालक अछाम साफेबगरका शैलेन्द्र कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC