scheduleशनिवार जेष्ठ १२ गते, २०७५

लिफ्ट खानेपानीः मोबाइल एप्सबाटै खानेपानी खोल्न र बन्द गर्न सकिने

बनेपा, ८ वैशाख । काभ्रेको बनेपा नगरपालिका–१३ साँगास्थित बुढाथोकी गाउँमा अब मोवाइल एप्सबाट खानेपानी खोल्न र बन्द गर्न सकिने भएको छ । आज खानेपानी मन्त्री बिना मगर र सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले संयुक्तरुपमा लिफ्ट खानेपानी आयोजनाको उद्घाटन गरेका छन् ।

खानेपानीको निकै अभाव झेल्दै आएका त्यहाँका स्थानीय बासिन्दाका लागि तल खोल्सादेखि माथिसम्म लिफ्टीङ गरिएको छ । स्थानीय उपभोक्ताको नगद एवं श्रमदानबाट गरी ८४ घरधुरीका ३२२ जना उपभोक्ताका लागि कूल ४२ लाख ५२ हजार ५८७ लागतमा सो आयोजना सम्पन्न भएको हो ।

कार्यक्रममा खानेपानी मन्त्री बिना मगरले राष्ट्रको ध्यान पुग्न नसकेको बाटो र बिजुली नपुग्ने तथा पानीको स्रोतहरुलाई केन्द्रित गरी काम गर्न नसकेको ठाउँमा कठिनाइ व्यहोर्दै आएका बस्तीमा खानेपानी सेवा पु¥याउन गरिएको काम सराहनीय रहेको बताइन् । सरकारको लक्ष्य समृद्ध नेपाल भए पनि खानेपानीको अभावमा रहेका ग्रामीण बस्तीमा खानेपानी पु¥याउनु निकै चुनौतीपूर्ण रहेको उनले स्वीकार गरिन् । मन्त्री मगरले मोबाइलको प्रयोग गरेर सन्देशको भरमा पानी सञ्चालन हुने र बन्द हुने प्रविधि प्रयोग गरेर गरिएको काम उदाहरणीय भएको बताएकी छिन् ।

त्यस्तै सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले देशले प्रगति गर्नको निम्ति संकल्प गर्नुपर्ने उल्लेख गर्दै बाँस्कोटाले अब संकल्पलाई पूरा गरेर छाड्ने बताए । उनले अब अभावको जिन्दगी नचल्नेसमेत बताए ।

ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको आर्थिक सहयोग र शान्ति जनआदर्श सेवा केन्द्रको सहकार्यबाट निर्माण कार्य सम्पन्न भएको उक्त आयोजना नयाँ प्रविधिमा जिएसएम कन्ट्रोल प्यानल जडान भएको छ ।

मोबाइल एप्सको प्रयोग गरी पानी खोल्न र बन्द गर्न सकिने भएकाले समयको बचत हुने तथा अनुसार देशका जुनसुकै कुनामा पुगे पनि पानी खोल्न र बन्द गर्न सो मोबाइलमा भएको एप्सको प्रयोगबाट पानी खोल्न र बन्द गर्न सकिने भएकाले राति, बाढी पहिरो र टाढा भनेर बस्नु नपर्ने एक्वाटेक प्रालिका कार्यकारी निर्देशक बजरङ्ग जैनले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC