scheduleशनिवार जेष्ठ १२ गते, २०७५

मन्त्री पण्डितद्वारा मालपोत कार्यालयमा एक्कासी छड्के जाँच

काठमाडौं, ९ वैशाख । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अकस्मिकरुपमा मालपोत कार्यालय डिल्लीबजारको छड्के जाँच गरेका छन्। सोक्रममा उनले कार्यालयका कर्मचारीहरुको बारेमा सोधपुछ गरे । त्यस्तै उनले सेवाग्राहीका कुरा सुनेका थिए ।

सबै अनुगमनपछि मन्त्री पण्डितले कार्यालयको काम सन्तोषजनक नभएको भन्दै कार्यालयका कामु प्रमुख केशवप्रसाद न्यौपानेलाई आवश्यक व्यवस्थापन र कारबाहीका लागि सम्बन्‍धित मन्त्रालय र विभागमा पत्रचार गर्न निर्देशन दिएका थिए । त्यस्तै उनले कार्यालयमा लामो समयदेखि उपस्थित नहुने कर्मचारीको विवरण उपलब्ध गराउन पनि निर्देशन दिएका छन्।

सेवाग्राहीको कुरा सुन्दै उनले जनतालाई ठगेर खाने कुनै पनि कर्मचारीलाई कारबाही गरिने बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC