scheduleशनिवार जेष्ठ १२ गते, २०७५

वन्यजन्तुको चोरीशिकार एवं अबैध व्यापार नियन्त्रण गर्नुपर्ने माग

रसुवा, ९ वैशाख । प्रतिनिधि सभाका सांसद मोहन आचार्यले विश्वका करिब ७० प्रतिशत प्रजाति लोप भइसकेको बताउदै वन्यजन्तुको चोरीशिकार एवं अबैध व्यापार नियन्त्रण गर्न सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।

रसुवाको धुन्चेमा आयोजित २३औं वन्यजन्तु सप्ताहको समापन समारोहलाई सम्बोधन गर्दै सांसद आचार्यले लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पाईने रेडपाण्डा विश्वमा नै दुर्लभ अवस्थामा रहेकाले रेडपाण्डाको चोरी शिकारी नियन्त्रणमा समुदायको भूमिका महत्वपूर्ण रहने बताए ।

दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षण गर्नका लाङटाङ राष्ट्रिय निकुञ्जले गाउँस्तरमा समिति गठनगरी संरक्षणको काम गरिरहेको छ । लाङटाङ राष्ट्रिय निकुञ्जको पोलाङपाटी र घ्याङफेदीको लेकमा विश्वमै दुर्लभ रहेको रेडपाण्डाको बासस्थान रहेको छ ।

लाङटाङ राष्ट्रिय निकुञ्जमा ८० भन्दा बढी रेडपाण्डा रहेको निकुञ्जले जनाएको छ । केही वर्षअघि गरिएको गणनामा ८० भन्दा बढी रेडपाण्डा रहेको तथ्याङ्क आएको थियो ।

निकुञ्जको चोलाङपाटी, घ्याङ्फेदी र टिम्बु क्षेत्रमा रेडपाण्डा रहेको बताइएको छ । वैज्ञानिक तरिकाले गणना गरेर रेडपाण्डाको एकिन तथ्याङ्क राख्नुपर्ने देखिएको सरोकारवालाहहरुले बताएका छन् ।

बैशाख १ देखि सुरु भएको २३ औं वन्यजन्तु सप्ताहको अवसरमा आठौँ जिल्लास्तरीय रेडपाण्डा ट्रफ्रि भलिबल प्रतियोगिता तथा छैटौँ लाङटाङ पर्यटन तथा संरक्षण उत्सव पनि संचालन गरिएको थियो ।।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC