scheduleशनिवार जेष्ठ १२ गते, २०७५

३३ किलो सुन प्रकरणः सई गजेन्द्र रावल पक्राउ

काठमाडौ, १० वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको ३३ किलो सुन प्रकरणमा संलग्न रहेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाका सई गजेन्द्र रावल पक्राउ गरिएको छ ।

सई रावलको सुन तस्करीका मुख्य नाइके गोरे भन्ने चुडामणि उप्रेतीसँग सम्पर्कमा रहेको देखिएपछि छानविन समितिले उनलाई नियन्त्रणमा लिएको हो ।

झण्डै एक वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कक्षबाट बाहिरिएको गाडीभित्र रहेको सुन तस्करीका नाइके गोरेले रावललाई दिएको सूचनाको आधारमा उनीमाथि छानविन सुरु गरेको हो ।

समितिले सोमबार महाशाखाका अर्का सई बालकृष्ण सञ्जेलसँग यही प्रकरणमा दोस्रो पटक बयान लिएको थियो । सञ्जेल तिनै सई हुन् जसको गोरेसँगको निरन्तर सम्पर्क देखिन्थ्यो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC