scheduleशनिवार जेष्ठ १२ गते, २०७५

पूर्व डिआईजी निरौलामाथि कर्तव्य ज्यान मुद्दा

काठमाडौं, १० वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट भएको ३३ किलो सुन तस्करी प्रकरणमा सुन तस्करीलाई सघाएको अरोपमा पक्राउ परेका नेपाल प्रहरीका अवकाशप्राप्त डिआईजी गोविन्द निरौलालाई कर्तव्य ज्यान र संगठित अपराध मुद्दामा कारबाही अगाडि बढाइएको छ ।

छानबिन समितिले सोधपुछमा बोलाइएका उनलाई आइतबार राजधानीबाट पक्राउ गरिएको थियो भने सोमबार विराटनगर झिकाएइएको थियो । जिल्ला अदालत मोरङले उनलाई थुनामा राख्न प्रहरीलाई म्याद दिएको छ।

विमानस्थलमा प्रहरी इन्चार्जका रुपमा काम गर्दा उनले सुन तस्करीमा सघाएको छानबिन समितिको आशंका छ । तस्करीका नाइके चुडामणि उप्रेतीसँग उनको निकटस्थ सम्बन्ध थियो । छानबिन समितिसँगको बयानको क्रममा उनले उप्रेतीसँग चिनजान मात्र भएको र तस्करीमा सहयोग नगरेको दाबी गरेका थिए । शाक्यको हत्या मुद्दामा उनी पनि प्रतिवादी बन्ने भएका छन्।

तस्कर समूहसँग मिलेमतो देखिएपछि गत वर्ष नै उनलाई विमानस्थलबाट सरुवा गरिएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC