scheduleशनिवार जेष्ठ १२ गते, २०७५

प्रधानमन्त्रीले बुद्धिजीवीलाई मुसासँग तुलना गरेपछि बाबुराम भट्टराईको यस्तो प्रतिक्रिया

फाइल फाेटाे

काठमाडौं, ११ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नयाँ शक्ति पार्टी नेपालकी पूर्व शिक्षा राज्यमन्त्रीसहित १४६ जनालाई एमाले पार्टीमा प्रवेश गराउँदै बुद्धिजीवीहरुलाई मुसासँग तुलना गरेका थिए । प्रधानमन्त्री ओलीले अहिले केही बुद्धिजिवीले देशलाई नोक्सान गर्न मुसाले दाँत तिखारेजस्तै दाँतमा धार लगाइरहेको भनेर आरोप लगाएका थिए ।

प्रधानमन्त्री यो अभिव्यक्तिप्रति नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले घुमाउरो पारामा सामाजिक संजाल ट्वीटरमार्फत व्यङ्ग्य हानेका छन् । डा. भट्टराईले प्रधानमन्त्रीजस्तो व्यक्तिले सोलोडोलोरुपमा बौद्धिक वर्गलाई मुसासँग तुलना गरेर ठट्टाको पात्र बनाउनु शोभनिय विषय नभएको उल्लेख गरेका छन् । समाजको प्रगति गर्नुपर्छ भनेर लाग्ने र चिन्तन, मनन, सिर्जना गर्नेहरुलाई सम्मान गर्नुपर्ने उनको भनाई छ । पिछडिएको समाजमा बुद्धि बेचेर खानेहरुसँग सबैलाई तुलना गर्न नहुने उनको धारणा रहेको छ ।

ट्वीटरमा उनले लेखेका छन्,  ‘प्रमले बौद्धिकहरूलाई सोलोडोलो मुसासंग तुलना गरेर ठट्टाको पात्र बनाउनु शोभनीय भएन ! पिछडिएको समाजमा केही बुद्धी बेचेर खाने बुद्धिजीवी भए होलान्त ! र मानव इतिहासमा बौद्धिक चिन्तन/सिर्जना/उत्पादन गर्ने विशेष मान्छेहरू नभएका भए ज्ञान विज्ञानको विकास र समाजको प्रगति यहाँसम्म हुन्थेन कि ?’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC