scheduleशनिवार जेष्ठ १२ गते, २०७५

श्रीमतीको निधनपछि अमेरिकी पूर्वराष्ट्रपति जर्ज एच डब्लु बुस बिरामी

फाइल फोटो

वासिङटन, ११ वैशाख । आफ्नी श्रीमतीको अन्त्येष्टि गरेको भोलिपल्टै अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच डब्लु बुस आइतबार बिरामी भएका  छन् ।

रगतमा संक्रमण भएर स्वास्थ्य समस्यामा परेका बुसको अहिले उच्च सतर्कताका साथ उपचार भइरहेको उनको निजी सचिवालयले जनाएको छ ।

सचिवालयद्वारा जारी वक्तव्य अनुसार ९३ वर्षीय बुसलाई हाउस्टन मेथोडिस्ट अस्पतालमा आइतबार बिहानै भर्ना गरिएको हो ।

उनकी श्रीमती तथा अमेरिकाकी पूर्वप्रथम महिला बारबारा बुसको गत शनिबार अन्त्येष्टि गरिएको थियो । उनको गत मंगलबार ९२ वर्ष उमेरमा निधन भएको थियो ।

उनको अन्तिम विदाई समारोहमा चार जना पूर्वराष्ट्रपति सहभागी भएका थिए । बारबाराका श्रीमान् जर्ज एच डब्लु बुस बाहेक उनका छोरा जर्ज डब्लु बुस पनि अमेरिकाको पूर्वराष्ट्रपति हुन् ।

स्वर्गीय बारबारा बुसका श्रीमान् जर्ज एच डब्लु बुस सन् १९८९ देखि १९९३ सम्म र उनका छोरा जर्ज डब्लु बुस २००१ देखि २००९ सम्म अमेरिकाको राष्ट्रपति भएका थिए ।

बारबाराको निधनपछि उनका श्रीमान् तथा पूर्वराष्ट्रपति बुसले बारबारा संसारकै सबैभन्दा मायालु भएको बताएका थिए । अन्त्येष्टिमा हजारौँको सहभागीता थियो ।

पूर्वराष्ट्रपति बुसलाई हातखुट्टा काँप्ने रोग (पार्किन्सन)ले सताएको छ । उनलाई बेला बेलामा निमोनिया पनि हुनेगरेको थियो ।

‘अहिले उनको उपचारको प्रतिफल सकारात्मक देखिएको र स्वास्थ्यमा सुधार भएको छ,’अधिकारीले भनेका छन् । रासस/एएफपी

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC