scheduleशनिवार जेष्ठ १२ गते, २०७५

इजरायल-प्यालेस्टाइन संघर्षको यस्तो छ ७ दशक पुरानो नालीबेली

एजेन्सी, १ जेठ । गाजा क्षेत्रको दुई पार अहिले दुई फरक संवके व्याप्त छन् । एकपटी इजरायल जीतको खुशीयाली मनाउँदैछ भने अर्को तर्फ प्यालेस्टाइन विनाश र खण्ड हुनुको शोख मनाउँदैछ ।

इजरायलमा १४ मेको दिन राष्ट्रिय अवकाश हुन्छ । ७० वर्षअघि यही दिन इजरायल राष्ट्र स्थापना भएको थियो । तर, त्यसको विपरित प्यालेस्टाइनको त्रासदीपूर्ण दिन त्यहाँबाटै सुरु भएको थियो ।

प्यालेस्टाइनीहरु त्यस घटनालाई १४ मेको सट्टा १५ मेमा स्मरण गर्छन् । त्यस दिनलाई उनीहरु वर्षभरीकै सबैभन्दा दुःखद दिन मान्छन् र ‘नकबा’ नामाकरण गरेका छन् जसको अर्थ विनाश हो ।

गएका २० वर्षदेखि यो दिन इजरायलसँगको सिमा क्षेत्र गाजामा प्यालेस्टाइनहरुले प्रदर्शन गर्दै आएका छन् । तर यसपटकको प्रदर्शनी पहिलेको भन्दा हिंस्रक बनेको छ किनभने यसपटक अमेरिकाले आफ्नो दूतावास जेरुस्लेममा सारेको छ । त्यसको विरोधमा प्रदर्शमा उत्रिएका ५५ पेलेस्टाइनीलाई इजरायलले गोली हानी मारिसकेको छ ।

जेरुस्लेम प्यालेस्टाइन र इजरालयबीच सधै विवाद र संघर्षको विषय बन्दै आइरहेको छ । इजरायल जेरुस्लेमलाई अविभाज्य राजधानी मान्छ भने पेलेस्टाइन पूर्वी जेरुस्लेमलाई आफ्नो भावी मुख्यालय मान्छ ।

नाकबा विनाशको दिनलाई स्मरण गर्ने शुरुवात १९९८ मा तत्कालिन प्यालेस्टाइनी राष्ट्रपति यासिर अराफातले गरेका हुन् । यस दिनलाई पेलेस्टाइनीहरु १४ मे १९४८ मा इजरायलको स्थापनापछि लाखौं पेलेस्टाइनी नागरिकहरु आफ्नो घरबारबाट अलग्गिएको दुखत दिनको रुपमा याद गर्छन् ।

इतिहासकार बेनी मारिस आफ्नो पुस्तक ‘द बर्थ ऑफ़ द रिवाइज़्ड प्यालेस्टिएन रिफ्युजी प्रब्ल्स’ मा लेख्छन्, ‘१४ मे १९४८ को अघिल्लो दिन साढे सात लाख पेलेस्टाइनी इजरायली सेना नजिक आइरहेको कारण घारबार छोडेर भागे र भगाए । कतिले खाली हात नै आफ्नो घर छोडे केही ताला लगाएर भागे तिनै चाबीहरुलाई पछि त्यस दिनको प्रतिकको रुपमा सम्हालेर राखे ।’

तर आज इजरायल त्यस घटनालाई मान्दैन । इजरायल प्यालेस्टाइनीहरु उसको त्रासको कारणले नभएर मिश्र, जोर्डन, सिरिया र इराकको डरको कारणले भागेको किनभने ती देशका सेनाहरु यहूदीहरुको जीतलाई रोक्न चाहेको दाबी गर्छ ।

जब त्यो संघर्ष अन्त्य भयो तब इजरायलले प्यालेस्टाइनीहरुलाई त्यहाँ फर्कन दिएनन् । इजरायलले घर मालिकको अनुपस्थितिमा त्यसलाई जफत गर्नु जाहेज भएको तर्क गर्छ ।

यसपछि संयुक्त राष्ट्रसंघले छिमेकी देशको सिमामा धेरै शरणार्थी शिविरहरु खोले । तीमध्ये केही शिविरहरु पूर्वी जेरुस्लेममा पनि थिए । त्यसपछि नै दुई देशबीच जेरुस्लेमका लागि लडाई र तनाब जारी छ ।

प्यालेस्टाइनीहरु नकबालाई त्यस दिनको शौकपूर्ण दिनको रुपको स्मर्तिमा मात्र सिमित राख्दैन । उसले नकबालाई आजसम्म इजरायलसँग तनाबग्रस्त सम्बन्धको हिस्सा पनि मान्छ ।

इजरायलको गठन र लाखौं प्यालेस्टाइनीको पलायनपछि प्यालेस्टाइनीको राष्ट्रिय आन्दोलन वेस्ट बैंक र गाजामा एकजूट हुन थाल्यो ।

साल १९५६ मा स्वेज नहरमाथि नियन्त्रणको विषयलाई लिएर मिश्र र इजरायल पुन एकपटक आमने सामुन्ने भए । तर त्यो विवाद मैदानको युद्धमा नभएरर इजरायल, फ्रान्स र वेलायतमाथि अन्तराष्ट्रिय दबाब परेर सुल्झियो ।

साल १९६७ मा भएको ६ दिनको युद्धमा यहुही र अरबबीच संघर्ष भयो । ५ जूनदेखि १० जूनसम्म चलेको उक्त द्वन्द्वको असर धेरै स्तरमा पर्‍यो जुन आजसम्म पनि महसुस हुन्छ ।

त्यस्ता ऐतिहासिक युद्धमा इजरायलको जीतले उसलाई थप मजबुत बनायो । त्यससँगै इजरायलले मिश्रबाट गाजा क्षेत्र र सिनाई प्रायद्वीप, जोर्डनबाट पूर्वी जेरुस्लेम र वेस्ट बैंक र सिरियाबाट गोलन हाइट्स आफ्नो कब्जामा लियो । त्यसपटक पुनः पाँच लाख प्यालेस्टाइनीहरु घरबार छोडेर भागे ।

त्यसपछि १९७३ मा योम किप्पर युद्ध भयो । त्यस युद्धमा मिश्र र सिरिया इजरायलविरुद्ध मैदानमा उत्रिएको थियो । त्यस समय मिश्रले सिनाई प्रायद्वीप त फिर्ता लियो तर गाजा क्षेत्रलाई भने फिर्ता ल्याउन सकेन ।

त्यसको ६ वर्षपछि इजरायलसँग शान्ति सम्झौता गर्ने मिश्र पहिलो अरब राष्ट्र बन्यो । पछि जोर्डन पनि त्यही बाटोमा हिड्यो ।

सन् १९६७ को युद्धको केही दिन अघि यासिर अराफातले लिवरेशन अफ प्यालेस्टाइनी अर्गनाइजेशन पिएलओ गठन गरे । त्यस नयाँ गुटमा धेरैवटा पराना संगठनहरु पनि संलग्न थिए ।

पिएलओ भन्दा पहिले जोर्डन र पछि लेबनानले इजरायलविरुद्ध अपरेशन शुरु गरेको थियो ।

साल १९९४ आउँदै गर्दा गाजा क्षेत्र पुनः एकपटक प्यालेस्टाइनी कब्जामा आयो । तर, त्यहाँ २००८ २००९ २०१२ र २०१४ मा रक्तपातपूर्ण संघर्ष भयो ।

हाल गाजा क्षेत्रमा भैरहेको हिंसाको जरा ७० वर्ष पुरानो छ । यसकारण योपटक यो हिंसा अझ बढ्ने सक्ने सम्भावना छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC