scheduleशनिवार जेष्ठ १२ गते, २०७५

सातै प्रदेशमा जलविद्युत्‌का ठूला आयोजनाः ऊर्जामन्त्री पुन

काठमाडौं, १ जेठ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले सात वटै प्रदेशमा जलविद्युतका ठूला आयोजना निर्माण गरिने बताएका छन्।

सिंहदरबारमा आज प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टसँगको भेटका क्रममा मन्त्री पुनले सो कुरा बताएका हुन् ।

मुख्यमन्त्री भट्टले पश्चिम सेती आयोजनाबारे कुरा अगाडि बढाउन पहलका लागि आग्रह गरेका थिए । सो क्रममा मन्त्री पुनले सातै प्रदेशमा ठूलो आयोजनाकोे जलविद्युत निर्माण गरिने जसअन्तर्गत प्रदेश नम्बर ७ मा पनि त्यस्तै योजना रहेको बताए ।

पश्चिम सेती जलविद्युत् आयोजनाका बारेमा संघ सरकार सकारात्मक भएको र त्यसका लागि अध्ययन भइरहेको समेत मन्त्री पुनले बताए ।

सिंचाइ, जलविद्युत्‌सँग सम्बन्धित केही अधिकार संविधानले नै ग्यारेन्टी गरेको उल्लेख गर्दै मन्त्री पुनले संघ र प्रदेश सरकारबीच समन्वय गरेर आयोजना अगाडि बढाइने बताएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC