scheduleशनिवार जेष्ठ १२ गते, २०७५

गरिमाको ‘गरिमा रेमिट’ संचालनमा

काठमाडाैं, १ जेठ । गरिमा विकास बैंक लिमिटेडले आफ्नो रेमिट प्रोडक्ट “गरिमा रेमिट” सञ्चालनमा ल्याएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी उक्त ‘गरिमा रेमिट’को उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै सञ्चालक डा.आनन्द प्रसाद श्रेष्ठले विकास बैंकले ग्राहकहरुलाई प्रदान गर्ने सेवाहरुमा विविधिकरण गर्दै जाने क्रममा गरिमा रेमिट जस्तो महत्वपूर्ण प्रोडक्ट सञ्चालनमा ल्याईएको र यस रेमिटको माध्यमबाट देशका विभिन्न स्थानहरुमा रहने गरिमा रेमिटका एजेण्टहरु मार्फत एक स्थानबाट अर्को स्थानमा सहज रुपमा रकम स्थानान्तरण गर्न सकिने बताए ।

विकास बैंकका प्रमूख कार्यकारी अधिकृत श्री गोविन्द प्रसाद ढकालले बर्तमान प्रतिश्पर्धात्मक वातावरण, सेवाको विविधकरण तथा ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै विकास बैंकले गरिमा रेमिट नामको रेमिट्यान्स प्रोडक्ट सञ्चालनमा ल्याएको र छोटो समयभित्र नै गरिमा रेमिटलाई एउटा स्थापित रेमिट ब्राण्ड बनाउने गरि कार्य गरिने बताए ।

राजधानीको लाजिम्पाटस्थित केन्द्रीय कार्यालयको राजधानीमा ५ शाखासहित कार्यालयसहित देशभर ५७ वटा शाखा कार्यालय र १२ वटा ATM संचालनमा रहेको छन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC