scheduleशनिवार जेष्ठ १२ गते, २०७५

समयमै काम नसक्ने ठेकेदारलाई जेल हाल्न गृहमन्त्री थापाको निर्देशन

काठमाडौं, २ जेठ । गृहमन्त्री रामबहादुर थापाले सडक र ट्राफिक व्यवस्थापनमा भएका निर्णयहरुलाई कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

बुधबार गृहसचिव, प्रहरी महानिरीक्षक, काठमाडौं र ललितपुर महानगरपालिका मेयर, उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहितको बैठकमा गृहमन्त्री थापाले  विगतका निर्णयहरुको कार्यान्वयन फितलो भएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

‘विकास निर्माणको कामको ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने तथा कमसल काम गर्ने ठेकेदारलाई सच्चिन अल्मिेटम दिनुहोस, अल्टिमेटम दिएको समयभित्र पनि नसच्चिए जेल हाल्नुहोस् ।’ गृहमन्त्री थापाले भने ।

साथै उनले अर्को बैठकमा आउँदा अघिल्लो बैठकमा भएका निर्णय कुन कुन कार्यान्वयन भए विवरण सहित आउनको लागी पनि निर्देशन दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC