scheduleशनिवार जेष्ठ १२ गते, २०७५

एमाले माओवादी पार्टी एकता भोलि, ओली र प्रचण्ड दुवै अध्यक्ष

काठमाडौं, २ जेठ । नेकपा एमाले र माओवादी केन्द्रबीच भोलि पार्टी एकता हुने भएको छ । बुधबार बसेको एमाले स्थायी समिति बैठकले पार्टी एकता बिहीबार हुने र महाधिवेशनसम्मका लागि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल दुवै अध्यक्ष हुने भएकाे छ ।

बैठकमा पार्टी एकता भोलि नै गर्ने अध्यक्ष ओली र दाहालबीचको सहमतिको स्वागत गरिएको छ भने पार्टी एकता घोषणाअघि दुवै दलको केन्द्रीय कमिटी बैठकले त्यसलाई अनुमोदन गर्ने कार्यक्रम रहेकाे पनि एमाले सचिव योगेश भट्टराईले जानकारी दिएका छन्र । भट्टराईले केन्द्रीय समिति र स्थायी समितिको सदस्य संख्या पनि टुंगो लगाएकाे पनि बताए । जस अनुसार ४ सय ४१ सदस्यीय केन्द्रीय समितिमा एमालेले २ सय ४१ लिने निर्णय भएको छ । यस्तै, ४३ सदस्यीय स्थायी समितिमा एमालेले २५ सदस्य लिने भएको छ।

पार्टी एकताबारे अन्तिम निर्णय गर्न भाेलि भोलि बिहान १० बजे बालुवाटारमा पार्टी एकता संयोजन समितिको बैठक बस्ने छ । वैठकले निर्वाचन आयोगमा प्रस्तुत गर्ने घोषणापत्र, विधान लगायत पार्टी एकता कार्यक्रमको सम्पूर्ण तयारी गर्नेछ । ।

पार्टी एकताबारे बुधबार बिहान बालुवाटारमा प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालबीच भएकाे वार्तामा सहमति जुटेपछि पार्टी एकीकरण निर्कष्टमा पुगेकाे हाे ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC