scheduleशनिवार जेष्ठ १२ गते, २०७५

फेरि बढ्यो पेट्रोयिम पदार्थको भाउ

काठमाडौं, २ जेठ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ फेरि बढाएको छ ।

बुधबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुई/दुई रुपैयाँ मूल्य वृद्धि गरेको हो ।

बुधबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गर्ने निर्णय गरेको आयल निगमले जनाएको छ ।

मूल्यवृद्धिपछि पेट्रोलको नयाँ भाउ प्रतिलिटर एक सय १० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको भाउ ९२ रुपैयाँ प्रति लिटर पुगेको छ ।

गत वैशाख २० गते मात्रै पनि निगमले पेट्रोलमा दुई तथा डिजेल र मट्टितेलमा तीन/तीन रुपैयाँ मूल्यवृद्धि गरेको थियाे ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC