scheduleशनिवार जेष्ठ १२ गते, २०७५

एमडी भर्नामा तोकिएको शुल्क परिवर्तन नहुने शिक्षामन्त्रीको दावी

फाइल फोटो

काठमाडौं, २ जेठ । चिकित्सा शिक्षाको स्नातकोत्तर (एमडी) तहको भर्नाका लागि केही कलेजले सरकारले तोकेको मापदण्डभन्दा बढी रकम मागेको भन्दै विधार्थी एवं सरोकारवालाले विरोध गरिरहेका बेला शिक्षामन्त्री गिरिराजमणी पोखरेलले भने एमडीमा भर्नाका लागि तोकिएको शुल्क परिवर्तन नहुने बताएका छन् ।

चिकित्सा शिक्षालाई थप व्यवस्थित बनाउन भन्दै सरकारद्वारा पूर्व घोषित निर्णय कार्यान्वयनमा सरकार कटिबद्ध रहेको बताए । मन्त्री पोखरेलले सरकार आवश्यक छलफलका लागि जुटेको भएपनि निर्णयबाट पछि नहट्ने उल्लेख गरे । उनले निर्णय परिवर्तन गर्नुको कुनै अर्थ नरहेको समेत स्पष्ट पारे । मन्त्री पोखरेलले भने, ‘मैले, डीनहरुसँग कुरा गरेर प्रक्रियागत रुपमा समाधानको बाटो पहिल्याउन भनेको छु ।’

कुनै पनि बहाना र कसैको दबाबमा सरकार निर्णय कार्यान्वयनबाट पछि नहट्ने उनले उल्लेख गरे । यद्यपि आन्दोलनरत विद्यार्थीहरुको मागबारे आवश्यक अनुगमन गरी समस्या समाधानका लागि निर्देशन दिइसकेको उनले बताए ।

सरकारले नै शुल्क तोकिसकेको अवस्थामा विभिन्न शीर्षक थपेर तोकिएको भन्दा बढी शूल्क लिन खोजेको भन्दै गत सातादेखि उनीहरु विरोधमा उत्रिएका हुन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC