scheduleशनिवार जेष्ठ १२ गते, २०७५

शिक्षकले विद्यार्थी कुटे, टाउकोमा गम्भीर चोट

डडेल्धुरा, ४ जेठ । डडेल्धुराको एक विद्यालयमा शिक्षकद्वारा  विद्यार्थी निर्घात कुटिएका छन् ।

भागेश्वर माध्यमिक विद्यालयका गणित शिक्षक गजेन्द्र अवस्थीले कक्षा ६ मा अध्ययनरत राम कामीलाई  निर्घात कुटपिट गरेका हुन् ।

गृहकार्य नगरेको निहुँमा शिक्षकद्वारा  कुटिएका  कामीको टाउकोमा गम्भीर चोट लागेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

कुटाइबाट टाउकोमा गम्भीर चोट लागेका कामीको विद्यालय नजिकैको स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि उनलाई कैलाली अस्पताल लगिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC