scheduleसोमवार आषाढ़ ११ गते, २०७५

नेकपामा पूर्व एमालेबाट ४५ केन्द्रीय सदस्य छानिए, को-को परे ? (नामावलीसहित)

काठमाडौं, ६ जेठ । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिमा  तत्कालिन नेकपा एमालेबाट  ४५ जना छानिएका छन् । नवगठित नेकपाको  अध्यक्ष समेत रहेका  केपी शर्मा ओलीले पूर्व एमालेबाट ४५ जना केन्द्रीय सदस्यको नियुक्त गरेका हुन् ।

नेता माधवकुमार नेपालसहितको सहमतिमा केन्द्रीय सदस्यको नामावली  मनोनयन गरिएको बताइएको छ । नेकपामा  एमालेबाट २४१ र माओवादीबाट २०० केन्द्रीय सदस्य रहने गरि कुल  ४४१ सदस्यीय समिति बनाउने सहमति अनुसार अोलीले उक्त नामावली चयन गरेका हुन् ।

अर्थमन्त्री समेत रहेका युवराज खतिवडा, गोकुल बास्कोटा, विनोद ढकाल, नरेश खरेल, निरज आचार्य, विष्णु रिजाल, तिलकुमार मेयाङ्बो, महेश रेग्मी र राजेन्द्र गौतम केन्द्रीय सदस्य नियुक्त भएका छन् । यस्तै राजेन्द्र गौतम, देवेन्द्र दाहाल, आनन्द पोखरेल, देवी ज्ञवाली, प्रमोदनारायण शाह, समिममिया अनसारी नियुक्त भएका छन् ।

यसैगरी प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेल, मन्त्री कैलाश ढुंगेल तथा बसन्त मानन्धर, महेश पाण्डे, महेश बस्नेत, विनोद श्रेष्ठ र केशवलाल श्रेष्ठ रहेका छन् ।

श्रीनाथ बराल, खगराज अधिकारी, शारदाप्रसाद सुवेदी, दिलुकुमारी पन्त, टेकबहादुर राना, लक्ष्मण ज्ञवाली, नरुलाल चौधरी र बिमला घिमिरे,

गोविन्द शाह, चन्द्रबहादुर शाही, दयालबहादुर शाही, भानुभक्त जोशी, लिला भण्डारी, साध्यबहादुर भण्डारी, रामेश्वर राना, एबबहादुर राना, अच्युत मैनाली र बलराम बास्कोटा केन्द्रीय सदस्यमा नियुक्त भएका छन् ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob