scheduleमगलवार मंसिर २५ गते, २०७५

सुन तस्करीको पक्षमा बोल्दा सांसदलाई स्पष्टीकरण

विराटनगर, १७ जेठ । प्रदेशसभा सदस्य लीलाबल्लभ अधिकारीलाई सुन तस्करी र हत्या मुद्दामा अदालतमा बहस गरेको भन्दै लिखित स्पष्टिकरण सोध्ने भएको छ ।

बिहीबार बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश १ को संसदीय दलको बैठकले अधिकारीसँग लिखित स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।

तत्कालीन एमालेबाट उम्मेदवार अधिकारी मोरङ २ को ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

कानुन व्यवसायी समेत रहेका अधिकारीले सुन तस्करी र सनम शाक्य हत्याकाण्डमा अभियुक्तको पक्षमा बहस गरेपछि उनी विवादित बनेका थिए । सोही विषयमा संसदीय दलको बैठकमा अन्य सदस्यहरुले कुरा उठाएपछि अधिकारीलाई लिखित स्पष्टिकरण सोध्ने निर्णय भएको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob