scheduleमगलवार मंसिर २५ गते, २०७५

सलमान खानलाई मार्ने योजनाको खुलासा, सम्बन्ध कालो हरिण मामिलासँग

एजेन्सी, २९ जेठ । बलिउड अभिनेता सलमान खान कालो हिरण शिकारको मुद्दामा जोधपुर अदालतमा सुनुवाईका लागि पुगेका थिए, तब उनलाई बिश्नोई नामको गैंगस्टरले खुलेआम मार्ने धम्की दिएको थियो ।

त्यस समय कालो हरिणको मुद्दा सतहमा आएको कारण धम्कीतर्फ धेरै ध्यान जान पाएन । तर जब ६ मे २०१८ मा गैगस्टारका गुर्गे संपतलाई प्रहरीले पक्राउ गरे तब संपतमार्फत गैगस्टारको सबै योजना खुलासा भयो । यो खबर बाहिर आएयता सलमानको सुरक्षा बढाइएको छ ।

शार्प शूटर संपत नेहरालाई हरियाणा प्रहरीको स्पेशल टास्क फोर्सले हैदराबादबाट गिरफ्तार गरेको थियो । गिरफ्तार पछि संपतले सलमानको हत्या षडयन्त्रबारे खुलासा गरे । उनकाअनुसार गैंगस्टर लरेन्स बिश्नोइ कालो हरिण मामिलाका कारण सलमानसँग रुष्ट छन् ।

संपतकाअनुसार लरेन्सको आदेशमा नै उनी सलमानलाई मार्न मुम्बई पुगेका थिए । संपतको मोबाइलमा प्रहरीहरुले सलमानको घर गैलेक्सी अर्पाटमेन्टको केही तस्वीरहरु पनि पाएका छन् ।

सलमान खानलाई मारेर विदेश भाग्ने उनको योजना थियो । लरेन्स बिश्नोई गैंग राजस्थानमा निकै सक्रिय छ । लरेन्स बिश्नोई आफैं भने यस समय जेलमा छन् । उनले सलमान खानलाई जेलमा नै मार्ने धम्की दिएका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob