scheduleमगलवार मंसिर २५ गते, २०७५

आफ्नो विवादित अश्लिल सिनबारे यसो भन्छिन् स्वरा भाष्कर

एजेन्सी, ३ असार । केही समय अघि विवादित फिल्म ‘पद्मावत’ मा महिलाको जिउने अधिकार खोसेको भन्दै फिल्मका निर्देशक सञ्जय लिला भन्सालीलाई बलिउड अभिनेत्री स्वरा भाष्करले महिला अधिकारको वकालत गर्दै खुल्लापत्र लेखेकी थिइन् । उनले पत्रमा फिल्मलाई मेग्नम ओपस भनेर व्यंग्यात्मक सम्बोधन गर्दै फिल्म हेरेर ‘आफ्नो योनि काटिएको अनुभूति भएको’ पत्रमा लेखेकी थिइन् ।

तर हालै रिलिज भएको फिल्म ‘विरे दि विडिङ’ मा एक मूख्य भुमिकामा देखा परेकी स्वराका भाष्कर ‘मास्टरबेशन’ अथवा अश्लिल हैस्तमैथुन गरिरहेको सिनमा देखा परेपछि उनी निकै विवादित बनेकी छिन् । यसकारण सामाजिक सञ्जालमा मानिसहरुले उनको ट्रोल बनाएका छन् ।

आफमाथि वाक् हमला भएपछि स्वराले पहिलो पटक त्यस सिनबारे खुलेर बोलेकी छिन् । उनले एक अन्तरवार्तामा भनिन्,‘फिल्ममा मास्टरबेट गरेर मैले कुनै प्राविधिक गल्ती गरेकी छैन, तर लाज भने लाग्छ । ‘पुरुषले जे पनि जहाँ पनि गर्दा हुन्छ तर हामी भने घृणाको पात्र बन्छौं ।’
उनले भनिन्,‘महिलाहरुको यौन इच्छालाई अपराधबोधसँग किन जोडिदिइन्छ । महिलाहरुको यस्तो इच्छामा अवरोधबोधको संस्कृति हाम्रो संस्कारमा बसालिएको छ ।’

उनले आफ्नो ट्रोल गर्नेहरुबारे साना र पाखण्डी सोच भएकाहरुमाथि ध्यान नदिने प्रतिक्रिया दिइन् ।

स्वराको उक्त सिनमा उनलाई सोनम र करिनाको पनि समर्थन मिलेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob