scheduleमगलवार मंसिर २५ गते, २०७५

पहिरोले अरुण तेस्रोको सुरुङमा थुनिएकाहरुको उद्धार

फाइल तस्बिर

विराटनगर, ३ असार । संखुवासभाको मकालु गाउँपालिका–५ दोभानस्थित अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरूङ खन्ने क्रममा पहिरो खसेपछि सम्पर्कविहीन बनेका चार जनाको सकुशल उद्धार गरिएको छ । आयोजनाको ड्याम साइडको सुरूङ खन्ने क्रममा प्रवेशद्वारमा पहिरो खस्दा शुक्रबार राति ९ बजेदेखि सम्पर्कविहीन बनेका उनीहरुलाई आइतबार उद्धार गरिएको हो ।

उद्धार गरिएकाहरुमा भारतको झारखण्ड निवासी अपरेटर ५५ वर्षीय बुधन मुण्डा, भारतको बिहार निवासी इलेक्ट्रिक मिस्त्री ४५ वर्षीय नन्द किशोर तथा कामदारहरु कालिकोट सिउना गाउँपालिका–४ का ३२ वर्षीय प्रदीप शाही र जुम्लाको चन्दननाथ नगरपालिका १ का ४४ वर्षीय प्रेम परियार रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । उनीहरुलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले ढुंगामा प्वाल पारी डोरीको मद्दतले उद्धार गरेका थिए । चारै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob