scheduleमगलवार मंसिर २५ गते, २०७५

बाबुरामको प्रश्न- मन नपरेका जति सबै विदेशका ?

 

काठमाडौं, ६ असार । पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफूलाई मननपरेका/नबुझेका कुरा विदेशी स्वार्थमा आएको भनेर दुत्कार्ने प्रवृतिले देश समृद्व बन्न नसक्ने भन्दै सुझाएका छन् । डा. भट्टराईले विद्वान् र नेताहरूमा यो प्रवृति रहेसम्म देश समृद्ध बन्न नसक्ने ठोकुवा गरेका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै डा. भट्टराईले यस्तो कुरा बताएका हुन् । ट्वीट गर्दै उनले लेखेका छन्, ‘आफूलाई मननपरेका/नबुझेका कुरा जति सबै विदेशी स्वार्थमा आएका भनेर दुत्कार्ने प्रवृत्ति विद्वान् र नेताहरूमासमेत रहेसम्म देश समृद्ध बन्दैन है !  ज्ञानविज्ञान, प्रविधि, लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समाजवाद, समृद्धि सबैलाई आयातित भनेर फाल्ने हो भने हाम्रो आफ्नो चाँहि के त ? सोचौं !’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob