scheduleमगलवार मंसिर २५ गते, २०७५

११ सयको हाराहारीमा झर्‍याे नेप्से

काठमाडौं, ६ असार । बुधबार पनि सेयर बजार परिसूचक नेप्से ८.३४ अंकले घटेर १२१७.८४ अंकमा झरेको छ । बजारमा क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.७९ अंकले घटेको छ ।

बुधबारको बजारमा व्यापारिक समूहको परिसूचकमा कुनै परिवर्तन नदेखिए पनि बाँकी सबै समूहको परिसूचक ओरालो लागेको छ । सबैभन्दा धेरै बीमा समूहको परिसूचक ४०.८८ अंकले घटेको छ ।

बुधबार १५६ कम्पनीको २५ लाख ९१ हजार ९०९ कित्ता सेयर ३ हजार ३३४ पटक खरिदबिक्री हुँदा २७ करोड ३८ लाख रुपैंया बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob